डीआईजी पोख्रेललाई प्रहरी प्रवक्ताको जिम्मेवारी


२९ बैशाख २०७६, आईतवार
dig

काठमाडौं, २९ बैसाख । आइतबार मात्रै दर्ज्यानी चिन्ह पाएका नेपाल प्रहरीका डीआईजी विश्वराज पोख्रेललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

आइतबार प्रहरी प्रधान कार्यलयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोख्रेललाई दर्ज्यानी चिन्ह प्रदान गरिरएको थियो । गत बिहीबार पोखरेललाई बढुवा समितिले डिआइजीका लागि सिफारिस गरेको थियो ।

बढुवा सिफारिसपछि एक हप्तासम्म सिफारिसमा परेका व्यक्तिविरुद्ध उजुरी हाल्न पाउने व्यवस्था हुन्छ । तर, पोखरेल बढुवाका लागि सिफारिस भएकोमा कसैको पनि उजुरी नपरेकाले आइतबार उनलाई डीआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

करिब ६ महिनाअघि काभ्रेमा भएको गाडी दुर्घटनामा डीआइजी सुशील भण्डारीको निधन भएपछि रिक्त ठाउँमा उनको बढुवा भएको हो । उनले यसअघि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै, मोरङ प्रहरी प्रमुख तथा लागू औषध नियन्त्रण ब्युरोमा समेत पोखरेलले काम गरिसकेका छन् । उनलाई भावी प्रहरी प्रमुखको रुपमा समेत हेरिने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७