सुर्ती-चुरोट लिनु हुन्छ ? अब यी ११ अस्पतालको सय मिटर आसपास सेवन र बेचे कार्वाही


२९ बैशाख २०७६, आईतवार
nosmoking

काठमाडौं, २९ बैसाख । के तपाई सुर्ती–चुरोट सेवन गर्नुहुन्छ ? अनि सुर्ती चुरोट सेवन जहाँ पायो त्यहिं गर्ने बानी छ ? यदि त्यसो हो भने यस्तो बानी आजै र तत्काल बदल्नुहोस् । नत्र तपाई कार्वाहीमा पर्नु हुनेछ ।

प्रहरीले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ११ सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान निषेध लगाउने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, र्की्तिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिएको हो ।

अस्पतालको एक सय मिटर वरपर बेचबिखन गर्न समेत रोक लगाइने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए । यदि कसैले सेवन तथा बेचबिखन गरे पहलिो पटक सम्झाइ बुझाइ गर्ने र दोर्होयाएर गरे एक सय रुपैयाँ जरिवाना तिराइने प्रहरीले जनाएको छ ।

यसरी उठाइको जरिवान राजश्व स्वरुप नेपाल सरकारको राजश्वमा जम्मा हुनेछ । पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गरिएको प्रहरीले जनाएको छ । अर्को चरणमा निजी अस्पतालमा समेत यो नियम लागू गरिने प्रहरीको योजना छ । तस्बिर सौजन्य : डा विजय थापा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७