‘सत्ते पे सत्ता’ रिमेकमा साहरुख–कट्रिना


२९ बैशाख २०७६, आईतवार
srk katrina9739

काठमाडौं, २९ बैशाख । नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् ।

उनी, नयाँ चलचित्र साइन गर्ने कुरामा निकै नै सजग देखिएका छन् । तर, यतिबेला फेरि उनले नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा शुरु भएको छ । निर्माता रोहित सेठ्ठी उनको प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । फरहान अख्तरले निर्देशन गर्न लागेको यो चलचित्र बलिउडका नायक अमिताभ बच्चन र हेमा मालिनीको हिट चलचित्रको रिमेक हो ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रको रिमेकमा नायक साहरुख खान र नायिका कट्रिना कैफ देखिने छिन् । निर्देशक फरहान अख्तर नायक साहरुख खानसँग काम गर्न सधै नै उत्साहित हुन्छन् ।

चलचित्रको कथालाई लिएर साहरुख र कट्रिनाले पनि सकारात्मक प्रतिक्रिया दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । अहिले यो बिषयमा यसको निर्माण पक्षले केही पनि भनेको छैन । चाँडै नै यो बिषय घोषणा हुने भारतीय मिडियाले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७