मालपोतका सरुवामा लाखौं लाखको मोलतोल


२९ बैशाख २०७६, आईतवार
sahakari bazar

काठमाडौं, २९ बैशाख । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मालपोत कार्यालयका खरिदार र नायबसुब्बाको सरुवामा ब्यापक आर्थिक लेनदेन भइरहेको छ ।

भूमिब्यवस्था मन्त्रालयदेखि ट्रेड युनियनका नेताहरुसमेत आर्थिक लेनदेनका आधारमा सरुवा गर्न लागेका छन् । भूमिब्यवस्था मन्त्रालयले आर्थिक लेनदेन गरी काठमाडौं उपत्यकामा एउटा मालपोत कार्यालयबाट अर्को मालपोत कार्यालयमा नासुयको सरुवा गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा ललितपुरबाट भक्तपुर, भक्तपुरबाट ललितपुर, कलंकीबाट चावहिल सरुवा गर्ने तयारी भइरहेको छ छ । मन्त्रालय स्रोतका अनुसार यसरी उपत्यकाको एउटा कार्यालयबाट अर्कोमा लिलाम बढाबढमा सरुवा कहिल्यै भएको थिएन ।

उपत्यकाबाहिर झापाको दमक, मोरङ, बेलबारी, सुनसरी, हेटौंडा, पोखरा, बुटवल, दाङ, नेपालगंज, धनगढी जस्ता सहरका मालपोत कार्यालयमा जान चाहनेहरु नासु खरिदारबाट पनि दररेट तय गरी सरुवाको तयारीमा मन्त्रालय छ ।

काठमाडौं उपत्यकाका एउटा मालपोत कार्यालयबाट अर्कोमा गर्ने क्रममा खरिदार र नासुसँग ५ लाखका दरले असुली गरिएको छ । यो रकम भूमि ब्यवस्था मन्त्री पदमा अर्यालको नाममा उठाइएको स्रोतले बताएको छ ।

उदाहरणका लागि ललितपुर मालपोत कार्यालयमा हुन लागेको नायबसुब्बा भीमसेन कार्कीको सरुवालाई लिन सकिन्छ । नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले वन कार्यालय पाल्पामा कार्यरत नासु भीमसेन कार्कीलाई ललितपुर मालपोत कार्यालयमा सरुवा गराउने भएका छन् ।

कार्कीको संभवतः सोमबार ललितपुर मालपोत कार्यालयमा सरुवा हुनेछ । नासु कार्की यसअघि बैदेशिक रोजगार विभागमा सरुवा हुनका लागि घुस बुझाएका थिए । तर उनको सरुवा रोकिएको थियो । अहिले उनलाई ललितपुरमा ल्याउन अध्यक्ष देवकोटाले नै चाँजोपाँजो मिलाइसकेका छन् ।

उनलाई ललितपुर ल्याउन तय भएको दररेट अनुसार कारोबार भएको स्रोतले बताएको छ । उनले बुझाएको घुसको हिस्सा मन्त्रालय, भूमिब्यवस्था तथा अभिलेख विभागका महानिर्देशकसम्म पुगेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७