नारायणकाजीले हार स्वीकारे, बाबुरामलाई दिए बधाई


२३ मंसिर २०७४, शनिबार
baburam vs narayan kaji

काठमाडौं : गोरखा क्षेत्र नं. २ को मतगणना जारी रहेको छ । तर नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् ।baburam vs narayan kaji

उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् । उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा। बाबुराम भट्टराईलाई बधाई ।’

उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् ।
सँगै उनले निर्वाचनमा आफुलाई समर्थन र सहयोग ग गर्ने मतदात तथा नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् ।
बाबुराम बाबुराम भट्टराईले २९,२७७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले २३८७० मत ल्याएका छन् ।

गोर्खा २ का आदरणीय मतदाता को निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा•बाबुराम भट्टराई लाई हार्दिक बधाई । निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।

 

— NKShresthaPrakash (@nksthaprakash) December 9, 2017

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७