थप चार वटा ब्रुमर भित्र्याउँँदै काठमाडौँ महानगर


३० बैशाख २०७६, सोमबार
brumar I6vUPF6s9O

काठमाडौं, ३० बैसाख । काठमाडौँ महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘बु्रमर’ भित्र्याउने भएको छ । महानगरले यसको तयारीका लागि दुई वटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२ औँ बैठकमा यसबारे प्रस्ताव गरिएको छ । यसअघि मनपाले पाँच वटा ब्रुमर खरिद गरेको थियो । अहिले पनि त्यही कम्पनीमार्फत अन्य ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको मनपाले जनाएको छ ।

यसअघि कम्पनीसँग भएको सम्झौता अनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कुल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७