सेनालाई मुख छाड्दा एसपीको सरुवा


३० बैशाख २०७६, सोमबार
surendra mainal

बर्दिया, ३० बैशाख । प्रहरीका केही अधिकृतहरूको काजसरुवा भएको छ । काठमाडौँका एसएसपी वसन्त लामा पूरा अवधि बस्न नपाउँदै हटाइए । उनी ९ महिनामै काजसरुवा भएका छन् । उनको ठाउँमा एसएसपी उत्तम सुवेदी आएका छन् । अपराध महाशाखामा धिरजप्रताप सिंहलाई हटाइयो र सहकुल थापा आएका छन् ।

विराटनगर तालिम केन्द्रमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । संघीय प्रहरी इकाई कार्यालय भेरीमा पोषराज पोखरेललाई पठाइयो । घनश्याम अर्याल र धिरजप्रताप सिंह मुख्यालय एवम् वसन्त लामा लागुऔषध नियन्त्रण व्यूरोमा खटिएका छन् ।

यसैगरी रसुवाका डिएसपी सन्तोष लामा काठमाडौँ परिसरमा काजसरुवा गरिए भने रसुवामा भागेन्द्रपुरुष ढकाल गएका छन् । काठमाडौँ मुद्दा शाखाका डिएसपी मोहन थापा मुख्यालय तानिएका छन् । उनले ३ एसएसपीलाई बेहोरिसकेका छन् । रविन्द्र धानुक, विश्व पोखरेलपछि बसन्त लामासम्मको कार्यकालमा थापा मुद्दामा रहे ।

यसैगरी बर्दियाका एसपी सुरेन्द्र मैनाली मुख्यालययस्थित प्रहरी कल्याण कोषमा पुगे भने कोषमा कार्यरत राजेशनाथ बास्तोला बर्दिया सरुवा भए । एसपी मैनाली पनि पूरा अवधि नपुगी हटाइएका हुन् । उनले रिसको आवेगमा मुख सम्हाल्न नसक्दा सरुवा हुन बाध्य भएका छन् । बर्दियास्थित राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ ।

निकुञ्जभित्र महेन्द्र राजमार्ग पर्दछ । चोरी शिकारीलगायतका क्रियाकलाप हुन सक्ने भन्दै सेनाले निकुञ्जभित्रको राजमार्गमा ४ वटा चेकपोष्ट राखेको छ । हरेक सवारी साधनले चेकपोष्टमा गाडी रोक्नुपर्ने र सेनाले चेक गरेपछि मात्रै पठाउने गर्दछ । सुरक्षाको जिम्मेवारी सेनालाई दिएपछि त्यो जिम्मेवारी बहन गर्नु उनीहरूको दायित्व र कर्तव्य पनि हो ।

surendra mainali

यसैक्रममा एसपी सुरेन्द्र मैनाली एक निजी गाडीमा बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई लिएर निकुञ्जभित्र प्रवेश गरे । निजी गाडी भएका कारण सेनाले आफ्नो चेकपोष्टमा रोक्नु, सोधपुछ गर्नु र चेक गर्नु स्वाभाविक मात्रै नभएर जिम्मेवारी नै हो । सेनाले रोक्ने बित्तिकै एसपी मैनाली रिसाएछन् ।

सेनाले गाडी रोकेको र चेकजाँच र सोधपुछ गरेकोमा सेनासँग रुष्ट बनेका एसपी मैनालीले निकुञ्जभित्रकै एक रेष्टुरेन्टमा सेनाविरुद्ध अपशब्द र अभद्र व्यवहार देखाएछन् । हजुर सीडीओ भएर पनि केही गर्नुभएन म भएको भए यसो गर्थें उसो गर्थें भन्दै रेष्टुरेन्टमा एसपी मैनाली उफ्रिएपछि रेष्टुरेन्टमा रहेका सैनिक अधिकृतहरूले त्यो कुरा निकुञ्जका प्रमुख प्रमुख सेनानी चन्द्र चापागाईसम्म पु¥याए ।

एकातर्फ निजी गाडी अर्कोतर्फ रातो प्लेट वा सरकारी नम्बर प्लेटको भए पनि उक्त गाडीमा रिभल्भिङ लाइट नभएको त छँदैथियो त्यसबाहेक चेकपोष्टमा ‘भाइ म एसपी फलानो, सँगै सीडीओ सा’प पनि हुनुहुन्छ’ भनेको भए सायद ड्युटीमा रहेका सैनिक जवानले स्वभाविकरूपमा छोडिदिनसक्थे । तर, एसपी मैनालीले त्यस्तो कुनै कार्य गरेनन्, उल्टो निकुञ्जभित्रको रेष्टुरेन्टमा गएर सैनिक अधिकृतविरुद्ध नै उफ्रिएपछि उनी मुख सम्हाल्न नसकेकै कारण समय नपुग्दै सरुवा हुन बाध्य हुनुप¥यो ।

जिप्रकामा कार्यरत एक सिनियर अधिकृतका अनुसार एसपी मैनालीको सम्बन्ध देखावटीरूपमा प्रमुख जिल्ला अधिकारीसँग नजिकको देखिए पनि स्वयं सीडीओले उनलाई मन पराउँथेनन् । सशस्त्रका एसपीसँग पनि एसपी मैनालीको सम्बन्ध राम्रो थिएन । अन्ततः सेनासँगको यही विवादले मैनाली समय नपुग्दै बर्दियाबाट हट्नु परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७