करण जोहरलाई एकपछि अर्को झट्का


३० बैशाख २०७६, सोमबार
student

काठमाडौं, ३० बैशाख । शुक्रबारदेखि रिलिज भएको नायक टाइगर श्राफ अभिनित चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’ को तीन दिने व्यापार कमजोर देखिएको छ । हुन त, टाइगर श्राफकै अघिल्लो चलचित्र ‘बाघी’ भन्दा यसको व्यापार केही बढी हो । तर, यो चलचित्रको वर्ड अफ माउथ कमजोर छ । चलचित्रले शुक्रबार १२.०६ करोडको व्यापार गरेको थियो ।

शनिबार व्यापारको उछाल केही देखियो र चलचित्रले १४.०२ करोडको व्यापार गर्यो । आइतबार बिदाको दिन भए पनि आइपीएलको फाइनलले यो चलचित्रको व्यापारलाई घाटा लाग्यो । चलचित्रले आइतबार १२.७५ करोडको कमाई गर्याे । चलचित्रले ३ दिनमा ३८.८३ करोडको व्यापार गरेको छ ।

चलचित्रलाई दर्शकले खासै नरुचाएकाले पनि यसको व्यापार सोमबारदेखि फितलो बन्ने अड्कल लगाइएको छ । चलचित्रमा टाइगर श्राफको साथमा अनन्या पाण्डे र तारा सुतरियाको मुख्य भूमिका छ । यो बर्ष निर्माता करण जोहरका लागि एकपछि अर्को झट्का लागिरहेको छ । उनले बनाएको चलचित्र ‘कलंक’ बक्स अफिसमा असफल भयो भने ‘स्टूडेन्ट अफ दि इयर २’ को व्यापार पनि गतिलो नहुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७