चितवन ३ मा प्रचण्डको अग्रता, यस्तो छ नतिजा


२३ मंसिर २०७४, शनिबार
prachanda bikram

चितवन: चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ।prachanda bikram

आज साँझ ५ बजेसम्म १० हजार ३९४ मत गणना गर्दा दाहालले छ हजार १२५ मत प्राप्त गरेका छन्। उनको प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले तीन हजार ५४० मत प्राप्त गरेका छन्। पाण्डेले भन्दा दाहालले दुई हजार ५८५ मत बढी ल्याउनु भएको छ। सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ।

यसैगरी क्षेत्र नं २ मा १० हजार ३७ मत गणना गर्दा नेकपा ९एमाले० का कृष्णभक्त पोखरेलले छ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले तीन हजार २११ मत प्राप्त गरेका छन्। क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ।

क्षेत्र नं १ मा १४ हजार ५२७ मत गणना हुँदा एमालेका सुरेन्द्र पाण्डेले आठ हजार २३९ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले पाँच हजार ७४५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७