शान्तिबाट मात्र परिवर्तन सम्भव : प्रचण्ड


३० बैशाख २०७६, सोमबार
Prachand pusopa kamak daha पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं , ३० वैसाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिबाट मात्र परिवर्तन सम्भव हुने बताएका छन् ।

उनले समाजका सबैखाले असन्तुष्टिहरु शान्तिपूर्ण रुपमा समाधान गर्न सके मात्र मुलुकमा दीगो शान्ति, सुशासन, समृद्धि र परिवर्तन सम्भव हुने बताए । काठमाडौंमा आयोजित सीता जयन्तीलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले सामाजिक रुपान्तरणको लागि धार्मिक, आध्यात्मिक र सांस्कृतिक चिन्तन महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय बिभूति सीता जयन्ती मनाउन आज नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले सांस्कृतिक सम्पदाको प्रवर्धन र विकासबाट सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताए । सीता आदर्श नारी भएको उल्लेख गर्दै उनले सीतासँगै जोडिएको जनकपुरलाई विश्वसामू चिनाउनु पर्ने आवश्यकता औंल्याए ।

नेपाली समाजमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत सीताको आदर्शको महत्व रहेको उनको भनाइ थियो । दाहालले मर्यादा पुरुष राम र आदर्श नारी सीताको बारेमा समान धारणा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

दाहालले राम र सीताको भूमिकालाई जनकपुरमा मात्र सीमित राख्न नहुने बताए । आफू क्रान्तिकारी पार्टीको नेता भएको प्रसंग उल्लेख गर्दै दाहालले शान्तिबाट मात्र परिवर्तन सम्भव हुने बताए । राष्ट्रिय बिभूति सीताको सम्झनामा नेपालमा पहिलो पटक जन्म जयन्ती मनाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७