डा. बाबुराम भट्टराई ७ हजार बढी मतले विजयी, श्रेष्ठले दिए बधाई


२३ मंसिर २०७४, शनिबार
baburam vs narayan kaji

काठमाडौं : गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई  विजयी भएका छन् । उनका प्रतिस्पर्धी  माओवादी केन्द्रका  नारायणकाजी श्रेष्ठलार्इ भट्टराई ७ हजार १७४ मतान्तरले हराएका हुन् ।  baburam vs narayan kaji

श्रेष्ठले यसअघि नै हार स्वीकारी सकेका थिए ।  उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् । उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा। बाबुराम भट्टराईलाई बधाई ।’

उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् । सँगै उनले निर्वाचनमा आफुलाई समर्थन र सहयोग ग गर्ने मतदात तथा नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् ।

बाबुराम बाबुराम भट्टराईले २९,२७७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले २३८७० मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७