एक वर्षपछि ‘छिपछिपे पानीमा लेउ’ (भिडियोसहित)


३० बैशाख २०७६, सोमबार
poster

काठमाडौं, ३० बैशाख । एकनारायण भण्डारीको अर्को एक लोकगीत सार्वजनिक भएको छ । भण्डारीले आफ्नै शब्द र संगीतमा झण्डै एक वर्षपछि ‘छिपछिपे पानीमा लेउ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा चर्चित गायिका विष्णु माझी र गायक पिताम्बर जिसीको स्वर छ । भिडियोमा दिलीप रायमाझी र सुरक्षा पन्तले अभिनय गरेका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन, राजेश घिमिरेले छायांकन र विष्णु शर्माले सम्पादन गरेका छन् ।

राग स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा संगीत संयोजन आशिष अविरलको छ । युट्युबमार्फत् सार्वजनिक यो गीतले सोमबार बिहानसम्म झण्डै साढे ६ लाख भ्यूज पाइसकेको छ ।

हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=MlsCcKBwWBk

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७