बेराेजगार हुनुहुन्छ ? दुई महिनाभित्रै एक लाखले रोजगारी पाउँदै (हेर्नुस् सूची)


३० बैशाख २०७६, सोमबार
prandhan mantri

वीरगञ्ज, ३० वैसाख । के तपाई बेरोगार हुनुहुन्छ ? अनि रोजगारीको खोजीमा रहनु भएको छ ? यदि त्यसो हो भने अब तपाईले चाँडै नै रोजगारी पाउने हुनु भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७५–०७६ भित्रै एक लाख भन्दा बढी युवालाई रोजगारी दिलाउने भएको छ । विभिन्न स्थानीय तहलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका ए लाख ६ हजार ८७२ जनालाई ३० दिन बराबरको रोजगारी दिन निर्देशन दिएको छ ।

सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने बताइसकेको छ । बजेटको व्यवस्था कार्यान्वयनका लागि सरकारले यही आर्थिक वर्षभित्र एक लाख ६ हजार जनालाई ३० दिन बराबरको रोजगारी दिन लागेको हो ।

सबैभन्दा बढीले रोजगारी पाउने स्थानीय तहमा भीमदत्त नगरपालिकामा (४५१ जनालाई), सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, पर्साको वीरगन्ज महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, ललितपुरको लतिलपुर महानगरपालिका, काठमाडौँ महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मोरङको विराटनगर महानगरपालिकामा ४५१ जनाले ३० दिन बराबरको रोजगारी पाउने जनाइएको छ ।

२ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा जानेछ । यस कार्यक्रममार्फत् पाँच वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य सरकारको छ । नेपालको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार प्रत्येक वर्ष झण्डै पाँच लाख युवा रोजगारीको खोजीमा बजार प्रवेश गर्छन् । तीमध्ये सरदर एक हजार युवा वैदेशिक रोजगारमा जान्छन् ।

बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने प्र्रावधान प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेको छ ।
हेर्नुस् कुन प्रदेशका कतिले पाउँछन् रोजगारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७