आँचल भन्छिन्– ‘आफ्नो व्यक्तिगत जीवनको कुरा बाहिर ल्याउन मन लाग्दैन’


३० बैशाख २०७६, सोमबार
नायिका आँचल

काठमाडौं, ३० बैशाख । चलचित्र ‘दाल भात तरकारी’ को व्यापारले दंग देखिएकी नायिका आँचल शर्मा कहिलेकाँही प्रेमको चर्चाले पनि रंगिने गर्छिन् । विशेषगरी, नायक पल शाहसँग उनको प्रेमको चर्चा चलेको केही समय भएको थियो । अहिले चलचित्र बजारमा पल र आँचल अलग भएको चर्चा समेत चलेको छ ।

आँचल पलसँग आफ्नो सम्बन्ध प्रेम भन्दा माथि रहेको र पल र आफ्नो मित्रता सधै नै उस्तै रहने बताउँछिन् । चलचित्र बजारमा नायिका आँचल शर्माको जीवनमा कोही मानिसको प्रवेश भएको समेत चर्चा छ । उनले भनिन् ‘प्रेम गर्नु सामान्य कुरा हो तर, अहिले म प्रेममा छैन ।

आँचलले आफ्नो व्यक्तिगत जीवनको बिषयमा धेरै कुरा बाहिर ल्याउन मन नलाग्ने समेत बताइन् । उनले भनिन्–‘कतिपय व्यक्तिगत कुरालाई देखाउन मन छ या छैन भन्ने कुरा मेरो निर्णय हो । म प्रेम वा मेरो व्यक्तिगत जीवनको कुरा बाहिर आओस् भन्ने खासै चाहन्नँ । व्यक्तिगत र व्यवसायिक कुरा फरक हो । कतिपय कुराहरुले भोलीलाई पनि गाह्रो पर्छ ।

आँचलले पलसँगको प्रेमको बिषयमा भनिन्–‘पलजीसँगको सम्बन्धको चर्चामा कोहीसँग पनि प्रमाण थिएनँ । म यस्तो कुरा आओस् भन्ने पनि चाहन्नँ । ‘प्रेम गर्नु नै नराम्रो त होइन, तर अहिले म सिंगल छु ।’ नायिका आँचल शर्माले बजारमा चलेको हल्लालाई गलत भइको समेत बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७