२८ बैंकको नाफा ३६ प्रतिशतले बृद्धि, कुन बैंकको नाफा कति ?


३० बैशाख २०७६, सोमबार
bank3

काठमाडौं, ३० वैसाख । देशका २८ वाणिज्य बैंकहरुको खुद नाफा ३६ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ती बैंकको नाफा ४५ अर्ब ६६ करोड पुगेको छ । गत वर्षको यस अवधिमा ३३ अर्ब ५१ करोड थियो ।

कुल २८ मध्ये २५ बैंकको नाफा बढेको छ भने तीन बैंकको नाफा घटेको छ । एनआइसी एसिया बैंकको नाफा सबैभन्दा धेरै १४६ प्रतिशतले बढेको छ ।

मेगाको नाफा १३२ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट, नेपाल र सेन्चुरी कमर्सियल बैंकको नाफामा भने गिरावट आएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड खुद नाफा कमाएको छ ।

मुख्यतः व्यवसाय बढ्दा नाफा स्वभाविक रुपमा बढेको बैंकर्स बताउँछन् । २८ बैंकको निक्षेप एक वर्षको अवधिमा १९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह २०. ८ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकहरुले कुल २७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका छन् भने २४ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका छन् ।

व्यवसायको विस्तार जुन दरले बढेको छ, नाफाको वृद्धिदर भने त्योभन्दा बढी देखिएको छ । यसको मुख्य कारण बैंकहरुले लिने र दिने व्याजको औसत अन्तर (स्प्रेड दर) समेत बढेको छ ।
बैंकहरुले बचतकर्तालाई दिने व्याजदरमा भद्र सहमति गरेपछि औसतमा दिने व्याजदर घट्न पुग्यो। तर ऋणीबाट लिने व्याजदर नघट्दा स्प्रेड दर बढेको छ ।

हेर्नुस् कसको नाफा कति ?

1 8
2 7
3 6
4 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७