हिन्दी सिक्न स्पेसल कोर्स लिंदै प्रभास


३० बैशाख २०७६, सोमबार
prabhas

काठमाडौं, ३० बैशाख । बलिउडको सुपरहिट चलचित्र ‘बाहुबली’ बाट चर्चा र प्रशंसाको शिखरमा पुगेका नायक प्रभास यतिबेला आफ्नो नयाँ चलचित्र ‘साहो’ को तयारी गरिरहेका छन् ।

बलिउड अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेको ‘साहो’ एकसाथ तेलगु, तमिलका साथै हिन्दी भाषामा पनि रिलिज हुँदैछ, जसका लागि प्रभास हिन्दी सिकिरहेका छन् । सामान्य हिन्दी बोल्न आए पनि पोख्त नभएका कारण यतिबेला उनि हिन्दी सिक्नको लागि स्पेसल कोर्स लिइरहेका छन् ।
उनले आफू हिन्दी पढ्न र लेख्न सकेता पनि घरमा बोल्न नसक्ने बताए । उनका अनुसार, घरमा कसैले हिन्दी भाषा बोल्दैनन् र बुझ्दैनन् । उनी भन्छन् ‘मैले ‘साहो’ का लागि एक महिनाको हिन्दी क्लासेस लिएको छु । मैले यस फिल्मका लागि निकै होमवर्क गरेको छु ।’

‘साहो’ मा प्रभासका साथमा श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय प्रमुख भूमिकामा छन् । सुजित निर्देशक यस चलचित्र १५ अगस्टमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७