प्रदेश २ का हावाहुरी पीडितलाई प्रदेश १ सरकारको एक करोड सहयोग


३० बैशाख २०७६, सोमबार
Sherdhan Rai

जनकपुरधाम, वैशाख ३० : बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार प्रदेश दुई पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं.१ ले सानो सहयोग गरेर प्रदेश २ को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश–प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए । बारा पर्सामा चैत्र १८ गते

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए ।

बारा तथा पर्सामा गत चैत १८ गते आएको हावाहुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमालको क्षति भएको थियो ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७