त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी


३० बैशाख २०७६, सोमबार
talabandi 1352019011439

काठमाडौं, ३० वैसाख । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोगका अध्यक्ष चैतन्य शर्माको कार्य कक्षमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

खुल्ला प्रतिष्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै विद्यार्थीहरूको समूहले तालाबन्दी गरेको हो ।

सेवा आयोगले लिएको खुल्ला प्रतिष्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको थियो । वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७