नेपाल आइडलका बिक्रमले गरे अनुसँग बिवाह


३१ बैशाख २०७६, मंगलवार
nepal idel bikram

काठमाडौं, ३१ वैसाख । ‘नेपाल आइडल सिजन–२’ का उपविजेता बिक्रम बराल विवाह बन्धनमा बाँधिएका छन् ।

उनले लामो समयदेखि सम्बन्धमा रहेकी प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।

बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागिता थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुशी लागेको बरालले बताएका छन् । नेपाल आइडलमा आउनका लागि समेत अनुले विक्रमलाई ठूलो हौसला र प्रेरणा दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७