मतगणना नसकिनै भोजपुरको प्रतिनिधिसभामा माओवादी केन्द्रका सुदन किराती विजयी


२३ मंसिर २०७४, शनिबार
sudan kirati

भोजपुर : भोजपुरको प्रतिनिधिसभामा वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । उनी ९ हजार मतगणना नगरि नै  विजयी भएका हुन् । उनका प्रतिस्पर्धी लाेकतान्त्रिक गठवन्धनकाे उमेश जंश रायमाझी भन्दा  १२, ४१६ मतले अघि छन् ।

sudan kirati

उनले ३२ हजार ५२ मत ल्याएका छन् भने रायमाझीकाे १९ हजार ६ सय २६ मात्र रहेकाे छ । अहिले चारमा राखेर मतगणना गरिरहेकाे छ ।

यस्तै प्रदेशसभा भोजपुर (क( मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राई विजयी भए । राईले १९ हजार २९७ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याए ।
राजेन्द्रले अजम्बरलाई ७७५६ मतान्तरलो पराजित गरेका हुन् । राजेन्द्रले सुरुदेखि नै आफ्नो अग्रता कायम गरेका थिए ।
भोजपुरमा प्रदेश सभा दुबै निर्वाचन क्षेत्रमा एमालेले आफ्नो बर्चस्व कायम गरेको छ । यहाँ ३४ हजार ९ सय ५८ मत खसेको थियो ।

यसैगरी भोजपुर प्रदेश (ख) मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । शेरधन राईको यो जित भोजपुरमा तेस्रो पटक हो ।
राईले २० हजार ३ सय ३४ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । यो मतान्तर १३ हजार २ सय २९ हो । राईले यस अघि २०५६ सालको संसदिय निर्वाचन र २०७० सालको संविधान सभाको निर्वाचन जितेका थिए ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका राई प्रदेश नं को मुख्यमन्त्रीका मन्नका लागि प्रदेश सभामा उठेका हुन् । यहाँ ३० हजार ९७९ मत खसेको थियो भने छ वटा दलका उम्मेदवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७