‘कबड्डी मैले हेरेको पहिलो फिल्म’


३१ बैशाख २०७६, मंगलवार
upasna

काठमाडौं, ३१ बैशाख । नायिका उपसनासिंह ठकुरी चलचित्र ‘क्याप्टेन’ बाट नेपाली चलचित्रमा उदाएकी हुन् । उपासना र नायक अनमोल केसीले अभिनय गरेको चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतलाई पनि दर्शकले रुचाए ।

यसपछि, उपासनाको माग चलचित्र क्षेत्रमा बढेको थियो । यही क्रममा उनी हिट चलचित्र ‘कबड्डी’ को तेश्रो सिरिजमा आवद्ध भएकी छिन् । करिअरको दोश्रो चलचित्र नै उनले ‘कबड्डी कबड्डी कबड्डी’ खेल्नु आफैमा उनका लागि फाइदाजनक छ ।

नायिका ठकुरीले चलचित्रको घोषणा कार्यक्रममा आफूले हेरेको पहिलो नेपाली चलचित्र ‘कबड्डी’ भएको बताइन् । उनले भनिन्, ‘मैले हेरेको पहिलो चलचित्र नै कबड्डी हो । यसको तेश्रो सिरिजमा जोडिन पाउँदा अत्यन्तै खुशी छु । म आफ्नो शतप्रतिशत दिने कोशिस गर्नेछु ।’ चलचित्रमा मल्टिस्टारर कलाकार भएकाले पनि उपासनाले आफ्नो उत्कृष्ट काम देखाउन आवश्यक छ । किन भने, ‘कबड्डी’ को तेश्रो सिरिज उनका लागि अवसर र चुनौती दुबै हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७