इशाले भनिन्, ‘दोश्रो व्यक्तिको शरीरको अंगमाथि प्रतिक्रिया दिन बन्द गर्नुस्’


३१ बैशाख २०७६, मंगलवार
Esha Gupta 0

काठमाडौं, ३१ बैशाख । बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु कुनै नयाँ कुरा होइन । किनकी उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् ।

यसपटक भने इशा आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि भड्किएकी छिन् । उनले लेखेकी छिन् ‘कतिपय अवस्थामा प्रतिक्रिया देखेर मलाई निकै नै रिस उड्छ । म सोच्छु कि मानिसको दिमागमा के के कुरा चल्छ । जो मानिससँग केही पनि काम छैन । उनीहरु, अरुको वालमा गएर भद्दा प्रतिक्रिया दिन्छन् ।

उनले आफ्नो शरीरको अंगलाई लिएर ट्रोल गर्नेलाई सुझाव दिदै भनेकी छिन् ‘यो दुनियाँमा धेरै कुरा भइरहेको छ । यसैले दोश्रो व्यक्तिको शरीरको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् । यो अमूल्य समय उपयोगी काममा खर्च गर्नुहोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७