सारुक र मलिनाको प्रेम कि मित्रता ?


३१ बैशाख २०७६, मंगलवार
sharuk and malina

काठमाडौं, ३१ बैशाख । चलचित्र ‘रानी’ मा सँगै काम गरेपछि नायिका मलिना जोशी र नायक सारुक ताम्राकार नजिक भएका हुन् । हुन त चलचित्र बजारमा सारुक र मलिनाको प्रेम नै छ भन्ने चर्चा नचलेको होइन । यी दुबैले आजसम्म प्रेम भन्दा पनि मिल्ने साथी भनेर जवाफ दिदै आएका छन् ।

केही दिन अगाडि काठमाडांैको पाँच चारे होटलमा आयोजना भएको निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराको बिहे पार्टीमा सारुक र मलिना एकसाथ पुगेका थिए । सारुक र मलिनाले शुरुवातमा त मिडियासँग एकसाथ तस्बिर खिचाउन असहज माने । पछि मिडियाकै आग्रहमा उनीहरु तस्बिर खिचाउन तयार भए ।

नेपाली चलचित्रमा सारुक र मलिनाको जोडी पर्दामा चर्चित छैन । उनीहरुको ‘रानी’ चलचित्र चलेको भए जोडी पक्कै पनि जम्थ्यो होला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७