‘द सुपर मम’ को उपाधि भक्तपुरकी एमीलाई


३१ बैशाख २०७६, मंगलवार
supper mom

काठमाडौं, ३१ वैसाख । ‘द सुपर मम’ को उपाधि भक्तपुर निवासी एमी कर्माचायले हात पारेका छन् । १६ प्रतियोगिलाई पछि पर्दै उनले उपाधि हात पारेकी हुन् ।

केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिको संयुक्त आयोजना रहेको प्रतियोगिता अमृता शर्मा र बाला राई क्रमश फष्ट रनरअप र सेकेण्ड रनर अप घोषित भए ।

प्रथम अभिनेत्री भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, सन्ध्या पहाडी, विशाल पहाडी र भुषण श्रेष्ठ प्रतियोगितामा निर्णायक रहेका थिए ।

प्रतियोगिताको शीर्ष विजेता कर्माचार्यले ले ताजसहित स्कुटी र विभिन्न गिफ्ट उपहारको रुपमा हात पारिन् भने फष्ट रनर अप उपध्यायले ४३ इन्चको टेलिभिजन र सेकेन्ड रनरअप राईले वासिङ मेसिनका साथमा बिभिन्न उपहार प्राप्त गरे ।

आमाहरुको सौदर्य निखार्दै उचित अवसर प्रधान गर्न कार्यक्रम आयोजना गरिएको आयोजक पद्मा फिल्मसकी अभिनेत्री पुजना प्रधानले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७