भूमिसुधार अधिकारीसहित २३ जनाविरुद्ध मुद्दा


३१ बैशाख २०७६, मंगलवार
aktiyar

काठमाडौं, ३१ वैसाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकारी गमबहादुर विकसहित २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मोहियानी हकको नक्कली कागजात बनाई मोही बाँडफाँट गरेको आरोपमा भूमिसुधार अधिकारी विक र तामेलदार प्राणनाथ कसजुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

उनीहरुले बारास्थित साविकको नकटुवा २ किन ५६ को १० कठ्ठा, वडा नम्बर ५ कि.नं ११२ को ९ कठ्ठा १० धूर र कित्ता नम्बर २१३ को ५ कठ्ठा ५ धूर जग्गामा मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँड निर्णय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

भूमिसुधार अधिकारी विक र तामेलदार कसजुविरुद्ध भ्रष्टाचरा निवारण ऐन बमोजिम कारवाहीको माग गरिएको छ ।

त्यस्तै नक्कली मोही बनी बाँडफाँडको लागि निवेदन दिने नगेश्वर राउत कुर्मीले भूमिसुधार कार्यालय, पर्साका कर्मचारीलाई प्रलोभनमा पारी मोहीका अभिलेखमा थपघट तथा सच्याउने कार्यमा प्रपञ्च मिलाउने काम संलग्न भएको आरोप लागेको छ ।

गैरकानुनी तरिकाबाट बदनीयतपूर्वक लाभ लिने कार्य गरेको आरोपमा कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७