एनआईसी एसिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सेवामा छुट दिने सम्झौता


१ जेष्ठ २०७६, बुधबार
nic 2

काठमाडौं, १ जेठ । एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रालिबीच सेवा सुविधामा १० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको छ ।

यस्तो सेवा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा पाउने छन् । दुई संस्थाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन् ।
मुलुकभर बैंकका २८३ शाखा कार्यालयहरु, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ्ग इकाइ छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७