दुहवी गोल्डकप सुरु, पहिलो खेलमा चर्च ब्वाइज विजयी


२३ मंसिर २०७४, शनिबार
duhabi gold cup 2

बेलबारी : सुनसरी स्थित दुहवी नगरपालिका दुहवी गोल्डकप सुरु भएको छ । शनिवार दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पानसमा दीप प्रज्वलन गरेर गोल्डकपको उघाटन गरे । उद्घाटन समारोहमा एलेभन एरोज क्लबका संस्थापक सदस्य तथा पूर्व खेलाडी बद्रिनारायण चौधरी लाई नगत रु.२५ हजार र सम्मानपत्रद्धारा प्रदान गरेको थियो ।duhabi gold cup 2
प्रतियोगितामा ७ राष्ट्रिय स्तरका ए डिभिजनका क्लबहरु त्रिभुवन आर्मि क्लब काठमाडाैं मनाङ्ग मर्साङ्गडी क्लब काठमाडौँ, रुपनदेही ११ रुपनदेही, रमपम ११ झापा, चर्च ब्वाइज युनाइटेड क्लब, मोरङ्ग ११, आयोजक एलेभन एरोज क्लब र १ अन्तराष्ट्रि क्लब मिरपुर एकादशको क्लब गरी ८ टिम सहभागी हुने जानकारी जिल्ला फुटबल सङ्घका अध्यक्ष दिलीप राईले दिएका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार ४ लाख १ रुपैयाँ र उपबिजेताले २ लाख १ रुपैयाँ प्राप्त गर्ने छ ।
पहिलो खेलमा चर्च ब्वाइज विजयी
गोल्डकपको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको छ । शनिवार भएको पहिलो खेलमा रमपम झापालाई ट्राईब्रेकरमा ५ – ४ गोलको अन्तरले चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको हो ।
खेलको निर्धारित समय भित्र दुवै टिमले कुनै खोल गर्न नसके पछि ट्राईब्रेकरमा चर्च ब्वाइज युनाइटेड क्लब को तर्फबाट जर्सी नं. ७ का खेलाडी रमेश ढङ्गल, जर्सी नं. १९ का झिरिङ गुरुङ, जर्सि नं. १५ का भुसन लिम्बु, जर्सि नं. १२ का बिक्रक लामा, जर्सी नं. २० का पासाङ लामाले निरन्तर ५ गोल गरेका थिए । रमपम झापाको तर्फबाट जर्सी नं.१३ का सुमिन मैनाली, जर्सी नं.१० का सुमन गुरुङ, जर्सी नं. ११ का रजिन सुब्बा, जर्सी नं.१४ का कर्न लिम्बु ले निरन्तर ४ गोल गरेता पनि दिलेन लोक्तम ले हानेको गोल चर्च ब्वाइज युनाइटेड क्लब का गोल किपर बिनय श्रेष्ठले रोके पछि पराजित भएको छ ।
म्यन अफ दी म्यच चर्च ब्वाइज युनाइटेड क्लबबाट जर्सि नं. १२ का खेलाडी विक्रम लामा घोषित भएका छन् ।

duhabi gold cup 9 2 duhabi gold cup 5 2 duhabi gold cup 4 1

duhabi gold cup 3

duhabi gold cup 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७