अब ‘प्लस-टु’ मै कानुन पढाइ


१ जेष्ठ २०७६, बुधबार
law

काठमाडौं, १ जेठ । प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानुन विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ ।

दश जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नु पर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्ने छन् ।

२०५८ सालमा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाण्डौको बानेश्वरस्थित त्यस कलेजले ‘प्लस–टु’ मै कानुन विषय पढाउन थालेको हो । कलेजमा पूर्व न्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् ।

कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानुन विषय पढ्न पाउने छन् । काठमाडौं महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७