समृद्धि मुट्ठी भरका लागि होइन : माधव नेपाल


१ जेष्ठ २०७६, बुधबार
Madhav Kumar Nepal माधवकुमार नेपाल is a Nepalese politician who was Prime Minister of Nepal

काठमाडौं, १ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्धि मुट्ठीका लागि मात्रै नभएर आधरभुत जनताको लागि हुनुपर्ने उनको भनाई छ । बहुसंख्यक जनताको हितको लागि कम्युनिष्ट सरकारले काम गर्नुपर्ने नेता नेपालको भनाई छ ।

युवा संघ नेपालले आफ्नो २९ औ स्थापना दिवको अवसरमा काठमाडौंमा बुधबार गरेको कार्यक्रममा नेता नेपालले जनताका सुख, दुःख बुझेर कम्युनिष्ट पार्टी अगाडि बढ्नु पर्ने बताए । पार्टीभित्र धेरै सुन्ने, विचार र विश्लेषण गर्ने कम हुँदा जनअपेक्षा बुझ्न नसकिएको उनको भनाई छ ।

नेता नेपालले कम्युनिष्ट पार्टीले अझै धेरै जनताको मन जित्न बाँकी रहेको बताए । भने, ‘ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाइ होइन । धेरै जनताको मन जित्न बाँकी नै छ ।’

नेता नेपालले जनताका पीर मर्का तथा खुसीमा साथ दिन सकियो भने मात्रै जनताले विश्वास गर्ने बताए । भने,‘जनताले के भनिरहेका छन् सुन्नुहोला । धेरै बोलेर मात्रै हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७