डिभिजनल वन अधिकृतसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कसलाई कति बिगो (सूचीसहित)


१ जेष्ठ २०७६, बुधबार
aktiyar

काठमाडौं, १ जेठ । डिभिजन वन कार्यालय हेटौंडा मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाख भन्दा बढी रकम बाँडेर खाएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साविक धियाल–२ (हालको बकैया गाउँपालिका वडा नम्बर–२) स्थित ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दनसिं थिङसहित ठेकेदार, वन समिति र वन कार्यालय समेतको मिलेमतोमा अवैधानिक रूपमा ११ हजार १५४.४९ हजार क्यू फिट काठ कटानी आदेश दिएका थिए ।

उनीहरूले १५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ । १ करोड ५८ लाख ७० हजार राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानी नोक्सानी पुर्‍यााएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
हेर्नुस् कसलाई कति बिगो ?

bigo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७