२४ किलो सुनसहित ६ जना पक्राउ


१ जेष्ठ २०७६, बुधबार
gold 3

झापा, १ जेठ । २४ किलो सुनसहित भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट ६ जनालाई भारतीय पक्राउ परेका छन् ।

म्यानमारको मोरे बोर्डरबाट भारत भित्र्याइएको सुन भारतको मणिपुरदेखि गुहाटी, कुचिविहार, जलपाईगुढी हुँदै सोमबार राति सिलीगुड़ी ल्याइएको अवस्थामा सुन बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त सुन भारतीय भूमि हुँदै नेपाल ल्याउन खोजेको आशंका भारतको डाइरेक्टर अफ रिवेन्यू इन्टलेजिन्स (डीआरआई) टोलीले गरेको छ । नेपालको काकँडभिट्टा बोर्डरदेखि सिलीगुडीको दूरी २८ किलोमिटर मात्र पर्छ । भारतको मुख्य शहरमा बिक्री नगरी सिलीगुडीसम्म सुन ल्याई पुर्‍याएकाले नेपालतर्फ लैजान लागेको हो कि भन्ने आंशका डीआरआईको आशंका छ।

सुनसहित पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी २२ वर्षीय मोहम्मद नुमन, सोही ठाउँका २४ वर्षीय मोहम्मद लुकमान, २९ वर्षीय हफीज मिसबाहुद्दीन, ४१ वर्षीय मोहम्मद जमील अहमद, २७ वर्षीय मोहम्मद दाउद अहमद र २८ वर्षीय मोहम्मद वसीम खान रहेको पश्चिम बंगाल पुलिसले जानकारी दिएको छ ।

सोमबार राति सिलीगुड़ी बद्र्धमान रोडस्थित विशाल मेघा मार्ट नजिकै तीनवटा बसबाट उनीहरुलाई २४ किलो सुनसहित पक्राउ गरेको प्रहरीको भनाई छ । बरामद गरिएको सुनमा २० वटा एक–एक किलो र २५ वटा ४.१२५ किलोग्रामको बिस्कुट रहेको छ । जसको भारतीय कुल मूल्य ८ करोड बढी पर्छ । पक्राउ परेका ६ जनालाई सुनसहित मंगलबार सिलगुढी अदालतमा पेश गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७