पूर्व आयुक्त पाठकलाई घुस रकम बराबरकै धरौटी माग

काठमाडौं, १ जेठ । भ्रष्टाचारको झेलिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालत घुस बराबरकै ७८ लाख धरौटी माग गरेको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो । पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।

इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाइदिने भन्दै कलेज सञ्चालक समितिका एक समूहसँग ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि उनी नैतिक दवावमा परेका थिए । २०७४ भदौमा पाठकले अध्यक्ष सो समूहसँग दुई पटक गरी सो रकम लिएका थिए ।

पूर्व आयुक्त पाठकले घूस लिएर पनि काम नभएपछि पैसा फिर्ता लिनका लागि घुस दिनेहरुले उनलाई घुस दिएको विषयमा कुरा गर्दै पैसा फिर्ता मागेको भिडियो बनाएका थिए । आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्