कांग्रेस निटक कर्मचारीका नेताद्धारा सिंहदरबारभित्रै उपसचिवमाथि हातपात


१ जेष्ठ २०७६, बुधबार
udyog mantralaya

काठमाडौं, १ जेठ : नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका गरेका छन् ।

बुधबार दिउँसो कर्मचारी सरुवाको बिषयमा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवाल नेतृत्वको टोलीले मन्त्रालयका उपसचिव समेत रहेका आचार्यमाथि हातपात गरेका हुन् ।

भण्डारीसहित गएका समूहले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए । वरिष्ठ उपाध्यक्षको समूह उत्तेजित भएर आचार्यमाथि जाइ लागेका थिए ।

उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै उनीहरूले बिरोध गरेका थिए ।

त्यसविषयमा मन्त्री यादवले आफ्नो ध्यानाकर्षण भएको र गल्ती भए सच्याउने बताए पनि उनीहरु विवादमा उत्रिएका थिए । मन्त्रीको स्वकीय सचिव आर्चायले आर्थिक चलखेल गरेर गृह मन्त्रालयले कारबाही गरेको कर्मचारी खड्कालाई उद्योग विभाग सरुवा गरेको भन्दै उनीहरुले आचार्यलाई गाली गरेका थिए ।

निजी सचिवलाई गालीगलौजसँगै विवाद गर्न थालेपछि मन्त्री यादव आक्रोशित भए। ‘सरुवामा कसैको नेतागिरी चल्दैन उनले भने ‘तपाइँहरु संयमित हुनुहोस् ।’ मन्त्रीले यसो भन्दा कांग्रेस निकट कर्मचारीहरु शोभाकर रेग्मीलाई उद्योग विभागमा किन सरुवा गरेको भन्दै झन आक्रोशित बनेका थिए।

कर्मचारीहरुले मन्त्रीसँग तिव्र विवाद गरेपछि प्रहरी समेत बोलाइएको थियो । तर, प्रहरी बोलाइएपछि उनीहरु मन्त्रालयबाट हिडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७