काठमाडौं उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्दको तयारी


२ जेष्ठ २०७६, बिहीबार
pasu

काठमाडौं, २ जेठ । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो ।
‘जिउँदो ल्याउँदा धेरै समस्या भयो, राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौंमा जिउँदा ल्याउन नपाउने प्रस्ताव गरेका छौं ।’

हाल जिउँदा खसीबोका, राँगालगायत पशुपंक्षी ल्याउन नपाइने कुनै कानुन छैन । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७