सीके राउतका असन्तुष्ट पक्ष र तराई मुक्ति मोर्चाबीच एकीकरण


२ जेष्ठ २०७६, बिहीबार
ck bi

जनकपुर, जेठ २ । डा. सिके राउत नेत्रृत्वको गठबन्धन समूहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

जारी विज्ञप्तिमा अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने, मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७