वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपालको अहिलेसम्मकै उत्कृष्ट नतिजा


२ जेष्ठ २०७६, बिहीबार
Rafting

काठमाडौं, २ जेठ । अष्ट्रेलियामा जारी १८ औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपालले पाँचौ स्स्थान हात पारेको छ ।

च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्टमा पुरुष खुलातर्फ नेपाली टोलीले पाँचौ स्थान हात पारेको हो । यस विधामा ब्राजिलले पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डको टुली नदीमा निर्धारित दूरी नेपाली टोलीले २४७.७८ सेकेण्डमा पूरा गर्‍यो । विश्व
र्‍याफ्टिङको स्प्रिन्टमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् भने कप्तानमा सुरज गुरुङ छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७