पछि सर्‍यो प्रदेश–२, एक करोड जरिवाना गराउने सञ्चार विधेयक परिमार्जन गर्ने


३ जेष्ठ २०७६, शुक्रबार
pradesh 2

धनुषा, ३ जेठ । प्रदेश–२ सरकारले प्रस्तावित सञ्चारसम्बन्धी विधेयकका केही प्रावधान परिमार्जन गर्ने भएको छ । विधेयकमा एक करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान राखेपछि चौतर्फी विरोध भएको थियो ।

प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले विज्ञप्ति निकालेर सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीले सम्प्रभुता विरुद्ध समाचार लेखेमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने भन्ने प्रावधान संशोधन गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

province 2 ZEQ0ngknNF

यो प्रावधान त्रुटिका कारण विधेयकमा परेको मन्त्री यादवले बताएका छन् । मन्त्री यादवले समाज रुपान्तरणको सारथी रहेको पत्रकारिता जगतलाई प्रतिकूल असर पर्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघले संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ ।

विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने भएकाले विधेयकका केही प्रावधान सच्याउन आग्रह गर्दै काठमाण्डौको नयाँ बानेश्वरमा रहेको संसद भवन बाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्न लागेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिएका छन् ।

पहिलो चरणको आन्दोलन सकिने र सरकारले अझै पनि मागको सुनुवाई नगरे दोश्रो चरणको आन्दोलन गर्न बाध्य हुने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७