भावुक पोष्ट छोडेर ‘थोर’ अभिनेता इसाकले गरे आत्महत्या


३ जेष्ठ २०७६, शुक्रबार
death 1

काठमाडौं, ३ जेठ । हलिउड अभिनेता इसाक कैपीले आत्महत्या गरेका छन् । एरिजोनाको सुरक्षा विभागले ४२ वर्षीय अभिनेताले आत्महत्या गरेको जनाएको हो । इसाकले एजिजोनास्थित फ्लैगस्टाफमा रहेको एक पुलबाट राजमार्गमा हामफालेर आत्महत्या गरेको युएसए टुडेले उल्लेख गरेको छ ।

उनले अमेरिकन सुपरहिरो सिनेमा ‘थोर’ मा समेत अभिनय गरेका छन् । आत्महत्या गर्नुअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक पोष्ट लेखेका छन् ।

insta 1

पोष्टमा उनले आफूलाई सँधै राम्रो मान्छे सोचे पनि राम्रो मान्छे बन्न नसकेको उल्लेख गरेका छन् । उनले जीवनभर आफू एउटा खराब मानिस बनेको लेखेका छन् । उनले आफूले थुप्रै मानिसलाई धोका दिएको, लागूऔषध चोरेको तथा आफ्नै शरीरलाई हानी गर्नुका साथै आफूले गरेको कामप्रति लज्जाबोध भएको लेखेका छन् ।

पोस्टमा उनले आफूलाई जुवाडे तथा ठूलो धोकेबाजका रूपमा चित्रण गरेका छन् । उनले हलिउडका कयौं ठूलो सिनेमामा साना भूमिकामा अभिनय गरेका छन् । सन् २०११ मा आएको ‘थोर’ मा उनले काम गरेका छन् भने सन् २००९ मा रिलिज भएको ‘टर्मिनेटर साल्वेशनमा समेत काम गरेका छन् । यस वर्ष रिलिज भएको ‘फ्यान व्वाईज’ मा पनि उनको अभिनय छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७