आईसीसी विश्वकप विजेताले झण्डै ४५ करोड रुपैयाँ पाउने


३ जेष्ठ २०७६, शुक्रबार
ICC Cricket World

काठमाडौं,जेठ ३ । आईसीसी विश्वकप क्रिकेट सुरु हुन अब केही दिन मात्रै बाँकी छ । १२ औं संस्करणको विश्वकप ३० मे बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्समा ४६ दिनसम्म चल्ने प्रतियोगितामा १० टिमले भाग लिँदैछन्

आईसीसी विश्वकप जित्ने टिमले ४ मिलियन डलर पुरस्कार पाउने छन् । यो ४४ करोड ९७ लाख ८० हजार बराबरको नेपाली रुपैयाँ हुन जान्छ । उपविजेता टिमले भने दुई मिलियन डलर प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो हुने टिमले समान आठरआठ लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

यसैगरी समूह चरणमा जित निकाल्ने टिमलाई ४० हजार डलर रकम दिइने छ । आईसीसले २०१५ को विश्वकप जित्ने टिमलाई ३ दशमलव ७५ मिलियन डलर पुरस्कार दिएको थियो । आईसीसी विश्वकप २०१९ को फाइनल खेल १४ जुलाईमा लर्ड्स मैदानमा हुने छ ।
एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७