नेपाली ब्याडमिन्टन टोली चीन प्रस्थान


३ जेष्ठ २०७६, शुक्रबार
नेपाली ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौं, जेठ ३ । चीनमा आयोजना हुने टोटल बीडब्लुएफ सुदिरमान कप अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

चीनको नानिङ शहरमा अर्को साताबाट सुरु हुने प्रतियोगितामा २ पुरुष र २ महिला गरी ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता जेठ ५ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ रत्नजीत तामाङ र दिपेश धामी तथा महिलातर्फ नङसल देवी तामाङ र अमिता गिरीले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा उत्तम सिंम्खडा र अफिसियल अनुज बस्नेत रहेका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीलाई शुक्रबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जीवनराम श्रेष्ठले बिदाई गरे ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ तथा सचिव लव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७