६ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


४ जेष्ठ २०७६, शनिबार
rastra bank

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले छ अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ ।

बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइने छ । ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ ।

घटीमा ५० रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७