शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गराैं : महामन्त्री सिंह


२४ मंसिर २०७४, आईतवार
Mohan Bikram

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले निर्वाचनमा वाम गठबन्धनले अग्रता लिएसँगै राष्ट्रिय जीवनका समस्याको सम्बोधनका लागि मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकतामा जोड दिएको छ ।Mohan Bikram
प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा प्यूठान, बाग्लुङलगायतका जिल्लामा वाम तालमेलमा रहेको राष्ट्रिय जनमोर्चा नेपालको पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शनिबार विज्ञप्ति जारी गरी कम्युनिष्ट पार्टीको नेतृत्वमा नै देशमा राष्ट्रिय समस्याको वास्तविक समाधान, मेहनतकश र शोषित उत्पीडित जनताको हितको रक्षा वा राष्ट्रिय विकासको सम्भावना रहेको औँल्याइएको छ ।
शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण सही र क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र संगठनात्मक प्रणालीका आधारमा नै सम्भव हुने भएकाले तत्काल त्यसप्रकारको कम्युनिष्ट पार्टीको निर्माण हुन नसके पनि वामपन्थी शक्तिको एउटा व्यापक मोर्चाको आवश्यकतामा उनले जोड दिएका छन् ।
विकासका पक्षमा वा विदेशी शक्तिको हस्तक्षेपकाविरुद्ध संघर्षका न्यूनतम कार्यक्रम बनाएर काम गर्न सकोस् भन्दै सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिसित पनि मिलेर काम गर्नुपर्ने आवश्यकतामा पनि सो पार्टीले जोड दिएको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७