सेक्स समयमा किन छुट्टै आवाज निकाल्छन् महिला, यस्तो रहेछ कारण


४ जेष्ठ २०७६, शनिबार
sex 1

काठमाडौं, ४ जेठ । आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ ।

आखिर अधिकांश महिला किन यस्तो आवाज निकाल्छन् ? के यस्तो आवाज आनन्दको अभिव्यक्ति हो या मनोरञ्जनको चरम अवस्था ? यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटक मात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरूले आनन्दको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निष्कर्ष भने अलि फरक छ ।

सेक्सको क्रममा यदि तपाइको पार्टनर उफ आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन् । किनभने यो देखावटी मात्र पनि हुनसक्छ । सेक्स गर्दा किन आवाज निकाल्छन् महिला ? यस्तो छ कारण

ब्रिटेनका शोधकर्ताहरूको एक सोधमा ‘२५ प्रतिशत महिला सेक्सका क्रममा आवाज निकालेर चरम आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन् । अध्ययन अनुसार सेक्स गर्दा महिलाहरू कराउनु भनेको चरम सन्तुष्ट पाउनु हो ।

शोधका अनुसार महिलाहरू सेक्स गरिरहेको बेला आह उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस् । शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७१ महिलामा यस्तो शोध गरेका थिए ।

अधिकांश महिलाहरू सेक्सबाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरूले आफूहरू चरम आनन्दसम्म नपुगेको बताएका थिए । ८७ प्रतिशत महिलाहरूले चाँहि आफ्नो पार्टनरप्रति प्रेम सम्बन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको खुलाए ।

शोधकर्ताले यस व्यवहारको पछाडि ‘सेक्स लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निष्कर्ष निकालेका छन् । यसैले नै महिलाहरू आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन् ।

महिलामा आर्गज्म अधिकांशः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरू सेक्सी आवाज निकाल्ने गर्छन् । महिलाहरू यस्तो आवज त्यसवेला निकाल्छन्, जतिबेला पुरुषहरू चरमोत्कर्षमा पुगेका हुन्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७