किराँत समुदायको महान पर्व उभौली शुरु


४ जेष्ठ २०७६, शनिबार
साकेला 15

काठमाडौं,जेठ ४। किराँती समुदायको बहुल्यता भएको पुर्वी जिल्लाहरु र काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायको उभौली पर्व आजबाट सुरु भएको छ ।

साकेला किरात राई sakela kirat rai 5

लिम्बु जातिले ललितपुरको हातीवनमा रहेको किराँत माङहिम्मा भेला भएर उभौली पर्व मनाउँदैछन् भने राई जातिले भने ललितपुरको नख्खिपोटमा मनाएर सुरु गर्दैछन् । हरेक वर्ष बैशाख पूर्णिमाका दिनबाट सुरु हुने उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली मंसिर पूणिमामा भित्र्याउने र बैशाख पूणिमामा लगाउने खुसीयालीमा मनाउने गरिन्छ ।

यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । किराँत समुदाय भित्र विभिन्न जातिहरू रहेकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व फरक-फरक तरिकाले मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्छन् ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । हुर्रे हा हा , ‘सोई ढोले सोई ‘अर्को ढोले खै’ भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

यस्तै पहाडी जिल्लाबाटा बसाई सराई गरेर पुर्वि तराईमा झरेका तथा काठमाडौ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर सामुहिक रुपमा साकेला नाच्ने सामुहिक रुपमा पनि पर्व मनाउने गरिएको छ। प्रत्येक बर्ष मंसिर पुर्णिमालाई उधौली र बैशाखे पुर्णिमालाई उभौलीको रुपमा मनाउने गरिन्छ । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गर्ने गरेर उधौली र उभौलीको रुपमा मान्ने विश्वास गरिन्छ । विशेष सम्पुर्ण किरात गैर किरातहरुको बाक्लो उस्थितीमा साकेला नाचेर मनाइन्छ ।

विशेष गरी किराँत राईको बसोबास रहेको सबै जिल्ला बिशेष गरी पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत काठमाडौं,ललितपुर किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ साकेला मनाईदैछ ।

यो चाड नेपाल बाहिर भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत मनाउने गरिन्छ । उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् । जेठ शनिबार ११ गते काठमाडौको टुडिखेलमा विशेष साकेला नाच्ने कार्यक्रम रहेको किरात राई यायोख्खाको महासचिब जनक राईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७