एनआइसी एशिया बैंकले ४ अर्व ४० करोडको ऋणपत्र जारी गर्ने


४ जेष्ठ २०७६, शनिबार
Nic Asia Bank Logo

काठमाडौं, जेठ ४ । एन आइसी एशिया बैंकले ४ अर्व ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ।

ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरिनेछ। नेपाल धितोपत्र बोर्डको स्वीकृति पछि ऋणपत्र खुल्ला गरिने छ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ। निष्काशन ७ वर्ष अवधिको हुने छ।

बैंकले ‘एनआई सी एशिया ऋणपत्र २०८३,८४’ निष्काशनका लागि सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरे।

बैंकले देसभरिका २८३ शाखा, २८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग कारोबार गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७