महेश बस्नेत भक्तपुर–२ मा दोब्बर मतले विजयी, अनुराधा थापा मगर तेस्रो


२४ मंसिर २०७४, आईतवार

भक्तपुर : निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका हुन् ।Mahesh Basnet

बस्नेतले ३६ हजार ४ सय १२ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मत पाए ।

उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ पूर्व सांसद अनुराधा तेस्राे भइन् । उनले ५ हजार ४ सय ७१ मत मात्रै पाइन ।

निर्वाचित बस्नेत पूर्व उद्योगमन्त्री समेत हुन् । बस्नेत २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७