मनमोहन स्मृति उपत्यकाव्यापी कराँतेमा घण्टाघर च्याम्पियन


४ जेष्ठ २०७६, शनिबार
2 11

काठमाडौं,४ जेठ। आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा भएको प्रतियोगितामा घण्टाघरले ६ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो । ४ स्वर्ण, ३ रजत र ७ कांस्यमा माउन्ट ग्लोरी स्कुल दोश्रो भयो ।

तेश्रो स्थानमा चित्त बुझाएको बौद्ध डोजोले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात पार्यो ।पुरुषमा आयोजक घण्टाघरका अर्जुनकुमार बागचन तथा महिलामा केन्द्रीय डोजोकी अप्सरा श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, आयोजक डोजोका प्रमुख प्रशिक्षक हरिबहादुर राउतलगायतले पुरस्कृत गरे । प्रतियोगितामा २ सय ५० खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको रेफ्री संयोजक राजेन्द्र कपालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७