एसिया कप क्रिकेट: भारतलाई पराजित गर्दै पाकिस्तान च्याम्पियन


४ जेष्ठ २०७६, शनिबार
champion

काठमाडौं, ४ जेठ । पाकिस्तानले एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।

किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा मोहमद लातिफले १५६ रनको शतकीय इनिङ्स खेले । भारतका सौरभ मालिकले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २१० रन बनाएको थियो ।

भारतका लागि सौरभ मालिकले अविजित १०४ रनको शतकीय इनिङ्स खेले । यस्तै निकुल प्रजापतिले अविजित ६३ रन जोडे । पाकिस्तानका एड्नान नासिर र अर्स्लान अहमेदले १र१ विकेट लिए । उपाधिसंगै पाकिस्तानले ६० हजार नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता भारतले ३० हजार र ट्रफी प्राप्त गर्यो ।

नेपाल व्हिल चियर क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा भारत शीर्ष र पाकिस्तान दोस्रो हुँदै फाइनल पुगेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी च्याम्पियन टोली पाकिस्तानका मोहमद लातिफ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान पाकिस्तानका मोहमद लातिफ र बलर भारतका सौरभ मालिक घोषित भए । दुवैले समान ३ हजार ५ सयसहित ट्रफी हात पारे ।उत्कृष्ट फिल्डर बनेका भारतका लक्ष्मण बिर्हाडेले ३ हजार प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७