ड्युटीमै ढलेका नेपाली सेनाको निधन


५ जेष्ठ २०७६, आईतवार
army 2

पर्सा, ५ जेठ । ड्युटी गरिरहेका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । गए राति २ बजेतिर पर्सा राष्ट्रिय निकुञ्जस्थित बारादल गण आधारभारमा कार्यरत देवीराम जैसीको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार जैसी राति १२ बजेदेखि ३ बजेसम्मको ड्युटीका क्रममा रहेका थिए ।

अचानक बेहोस भएका उनलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका लागि लगिँदै गर्दा मृत्यु भएको हो । उनको शव वीरगञ्जस्थित अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७