सलमान भन्छन्, ‘भारतबाट कट्रिनाले राष्ट्रिय अवार्ड जित्छिन्’


५ जेष्ठ २०७६, आईतवार
bharat

काठमाडौ, ५ जेष्ठ । जुन ५ मा रिलिज हुन लागेको नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित भारत अहिले चर्चामा छ । यो चलचित्रमा सलमानलाई विभिन्न उमेरमा देखाइएको छ । चलचित्रको एकपछि अर्को गीत सार्वजनिक भइरहे पनि त्यसले त्यस्तो तहल्का भने मच्चाउन सकेको छैन । चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक कार्यक्रममा नायक सलमान खानले नायिका कट्रिना कैफको तारिफ गरे ।

पत्रकारले उनलाई कट्रिनाको कामबारे बताउन आग्रह गरेका थिए । जसमा सलमानले भने– ‘यो चलचित्रमा कट्रिनाले निकै नै उत्कृष्ट काम गरेकी छिन् । मलाई आशा छ, यो चलचित्रबाट उनले राष्ट्रिय अवार्ड समेत जित्ने छिन् ।’

सलमानले कट्रिनाको फरक अवतार र उनको भूमिकाले दर्शकलाई लोभ्याउने समेत बताएका छन् । अली अब्बास जफरले निर्देशन गरेको यो चलचित्रबाट सलमान र कट्रिना दुबै उत्साहित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७